१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)बारे अन्तिम निर्णयमा पुगिनसकेको बताएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार ललितपुरस्थित होटेल हेरिटेजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हिजो आमहड्तालका क्रममा आफूले एमसीसीविरोधी नारा नलगाउन भनेको बताए । एमसीसीबारे पार्टी अन्तिम निर्णयमा नपुगिसकेकाले आफूले त्यसो भनेको जिकिर उनले गरे ।अहिले आफूहरु गुन्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा भएको बताउँदै उनले भने, “यो बेलामा दशथरी नारा लगाउनुभन्दा आजको जे हो, त्यही केन्द्रित गरौँ भन्या हो,’’ प्रचण्डले भने, “बीचमा फ्याट्ट एमसीसी नारा लाइदनु भो । संघर्ष समितिको नारा एकातिर छन् । बीचमा फयाट्ट लाइदिँदा के घुस्याजस्तो प¥यो । यसको मतलब म एमसीसीको समर्थनमा गएँ, नीति बदलेँ भन्ने होइन ।’’

प्रचण्ड–नेपाल समूहले शुक्रबार गरेको आमहड्तालमा सहभागी हुन पुल्चोक पुगेका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी गरेका थिए । सो क्रममा प्रचण्डले एमसीसीविरुद्धको नारा तत्कालै त्यो नारा रोक्न लगाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]