१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २२, २०७७

मोरङ — आमहडताल अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बिहीबार विराटनगर–२ स्थित प्रमोद सहनीको चिया नास्ता पसलमा तोडफोड गरेका छन् ।

तोडफोड गर्ने क्रममा उम्लिरहेको तेलको कराही घोप्टिँदा पसलेकी २२ वर्षीया छोरी बबिता सहनी घाइते भएकी हुन् । उनका दुवै हात, छाती लगायत शरीरका विभिन्न भागमा तातो तेलको छिटा परेर घाउ भएको छ ।

यस्तै, उम्लिरहेको पानीको भाँडो घोप्टेर तातो पानीको छिटा पर्दा प्रमोदकी कान्छी छोरी कविता सहनी सामान्य घाइते भएकी हुन् । जाडोको समय भएकाले दुवै छोरीले स्विटर लगाएका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको प्रमोदले बताए ।नेकपा दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री शिवकुमार मण्डल नेतृत्वको आन्दोलनकारीहरुको समूहले चिया पसल तोडफोड गरेका थिए । ढुंगामुढा गर्दै तोडफोडमा उत्रेका आन्दोलनकारीहरुले पसल सञ्चालक प्रमोदलाई हातपात समेत गरेको प्रत्यक्षदर्शीहरुले बताए ।आन्दोलनकारीले हानेको ढुंगा लागेर र पसलको सिसा फुटेर बाँया आँखाको छेउमा काटिएको प्रमोदले बताए ।‘आन्दोलनकारीहरुलाई बिहानै सोध्दा चिया नास्ता पसल बन्द नगराउने भन्दै उहाँहरुले नै पसल खोल्न लगाएका थिए,’ उनले भने, ‘बन्द गर्नुपर्ने सूचना दिएको भए, त्यत्तिकै पसल बन्द गर्थें तर सूचना नै नदिइ अचानक आक्रमण गरेर तोडफोड गर्दा मेरो लागि ठूलो क्षति भएको छ ।’ पसलमा लगाएको सिसा, भाँडाकुँडा फुटाउनुका साथै तयार पारेको नास्ता, दूध आन्दोलनकारीले फालिदिएको उनले गुनासो पोखे ।

आन्दोलनकारीहरुले विराटनगरमा प्रदेश स्वास्थ्य तालिम केन्द्र धनकुटाको बा १झ ९११८ नम्बरको जीप, बा १६च ४४०४ नम्बरको कारको सिसा ढुंगामुढा गरेर फुटाइदिएका छन् भने एउटा ट्रक र एकीकृत भन्सार जाँच चौकी विराटनगरका दुई वटा गाडीमा सामान्य क्षति पुर्‍याएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]