मुम्बई– बलिउड अभिनेत्री कंगना रनौत बारम्बर सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् ।
भर्खरै अमेरिकी गायिका रिहान्नाले किसान आन्दोलनको समर्थनमा ट्वीट गरेपछि कंगनाले बारम्बार किसान आन्दोलनको सपोर्ट गर्ने विरुद्ध ट्वीट गरेर चर्चामा आएकी छिन् ।
यद्यपि, अहिले कंगनाका केही ट्वीटहरुलाई ट्वीटरले हटाएको छ ।ट्वीटरले कंगनाका ती ट्वीटहरुमा आफूले बनाएको नियमको उल्लंघन भएको भन्दै त्यसलाई हटाएको बताएको छ ।
कंगनाको ट्वीट डिलिट गरेपछि ट्वीटरका प्रवक्ता भन्छन् –‘हामीले ट्वीटहरु माथि एक्शन लिएका छौं, जसले ट्वीटरको नियमहरुको उल्लंघन गरेको थियो ।’अहिले कंगनाका ती विवादित ट्वीट उनको ह्याडलमा छैनन् ।
तीमध्ये कंगनाको रोहित शर्मा र अन्य क्रिकेटहरुको बारेमा विवादित ट्वीट पनि थियो, जसमा उनले क्रिकेटहरुको तुलना धोबीको कुकुरसंग गरेकी थिइन् ।