३१ बैशाख २०७८, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २२, २०७७

जनकपुरधाम– बजार बन्द गराउन हिँडेका नेकपा दाहाल–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको छ।प्रहरीसँगको झडपमा नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्।


बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन्।उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिएका छन्। नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक दर्जन राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यता प्रहरीले दाहाल नेपाल समूहका दर्जनौँ कार्यकर्तालाइ पक्राउसमेत गरेको छ।दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड समेत गरेका छन्।

भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]