२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २२, २०७७

नेकपाको प्रचण्ड समूहले गरेको आमहड्तालमा काठमाडौंको कलङ्‍की क्षेत्रको कमाण्ड सम्हालेकी अष्टलक्ष्मी शाक्य नै पक्राउ परेकामध्येमा शीर्ष नेतृ हुन्। बिहानै उनलाई महानगरीय प्रहरी प्रभाग कलङ्‍कीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रमेश विष्टले सडक ‘ब्लक’ गर्न आन्दोलनहरूको नेतृत्व गरेर आएपछि पक्राउ गरिएको बताए। “उहाँ सडक ब्लक गर्न आन्दोलनकारीहरूलाई लिएर आए, हामीले नियन्त्रणमा लिएका छौं,” उनले देखापढीसँग भने।शाक्यसहितका नेताहरू पक्राउ परेपछि प्रचण्ड समूहका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले निरंकुश सरकारले शान्तिपूर्ण प्रदर्शनलाई दमन गरेको गरेको प्रतिक्रिया दिए।“हामी शान्तिपूर्ण प्रदर्शनमा छौं, आमहड्ताल हाम्रो रहर होइन, बाध्यता होऽ” उनले देखापढीसँग भने, “तर, निरंकुश सरकारले धरपकड गर्‍यो, जसलाई हामी घोर भर्त्सना गर्दै हामी नेताहरूको अविलम्ब रिहाइको माग गर्छौं।”

प्रचण्ड समूहका हालसम्म काठमाडौं उपत्यकामामात्रै ७७ जना नेता कार्यकता पक्राउ परिसकेका छन्।प्रतिगमनको विरोधमा भन्दै उक्त समूहले आज आमहड्ताल गरेको हो।तर, काठमाडौं उपत्यकामा छिटफुट सवारी चलिरहेका छन्। आमहड्तालको आंशिक प्रभाव परेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]