३० कार्तिक २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २२, २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव परेको छ । नेपाल प्रहरीले स्कर्टिङ गरेर समेत केही सार्वजनिक सवारीलाई बाहिर पठाएको छ ।


उपत्यकाका मुख्य सडकमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता देखिएका छन् भने भित्री सडकमा सवारीसाधनहरु चलेका छन् । पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

सडकमा अवरोध सिर्जना गर्नेलाई पक्राउ गर्न भन्दै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सोही अनुरुप काठमाडौंबाट प्रहरीले ७६ र भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ । उनीहरुलाई उपत्यकाका विभिन्न ठाउँमा रहेको प्रहरी कार्यालयमा राखिएको छ ।बिहीबार एकाबिहानै सामाखुशीमा अज्ञात समूहले प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको छ । महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार बिहान साढे ६ बजे भएको आगजनीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको छ ।

प्रदर्शनकारीले ठाउँठाउँमा सवारीसाधनमा तोडफोडसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]