सिमकोट-आगामी वैशाख १७ र २७ गते हुने संसदीय निर्वाचनमा हुम्ला जिल्लामा एक हजार चार सय मतदाता संख्या वृद्धि भएको छ। २०७४ सालदेखि गत पुस १८ गतेसम्म उक्त मतदाता संख्या वृद्धि भएको हो।
यसअघिको स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनभन्दा एक हराज ४५१ मत वृद्धि भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश कुमार थापाले जानकारी दिए । उक्त मत अघिल्लो निर्बाचन पछि र गत पुस ५ गते अठार वर्ष उमेर पुगेका नागरिकको मत संख्या हो।यो अवधिमा हुम्ला जिल्लाको कुल मतदाता संख्या २८ हजार ७५४ पुगेको छ। जब की अघिल्लो निर्बाचनमा मतदाता संख्या २७ हजार २७३ थियो।महिला भन्दा पुरुषको मतदाता संख्या बढी रहेको हुम्ला जिल्लामा सात वटा गाउँपालिका मध्य सबैभन्दा बढी मतदाता संख्या सर्केगार्ड गाउँपालिकामा रहेको निर्बाचन अधिकारी थापाले बताए। उक्त गाउँपालिका कुल मतादाता संख्या छ हजार ४८ रहेको छ।कार्यालयका अनुसार कुल मतदाता मध्य गाउँपालिका अनुसार नाम्खा गाउँपालिकामा दुई हजार ६५७, सिमकोट गाउँपालिकामा पाँच हजार ६२२, खार्पुनाथ गाउँपालिकामा तीन हजार ५५७, चंखेली गाउँपालिका तीन हजार ५७३, अदानचुली गाउँपालिकामा चार हजार आठ जना र ताँजाकोट गाउँपालिकामा चार हजार आठ मतदाता संख्या रहेको छ।
यसअघि हुम्ला जिल्लामा मतदाता अद्याबधिक गर्ने सम्पन्न भई सकेको छ भने मतदाता शिक्षा कार्यक्रम सम्पन्न हुने क्रममा छ।