सप्तरी – सप्तरीमा भएको माेटरसाइकल र बाेलेराे एक अापसमा ठाेकिदा एक जनाकाे मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१ भारदहमा पुर्वबाट पश्चिम तर्फ जादै गरेकाे लु.२५ प ५७१२ नम्बरको माेटरसाइकल तथा बिपरित दिशाबाट अाउदे गरेकाे काे.१ ज ३१९९ नम्बरको बाेलेराे गाडिलाइ ठक्कर दिदा माेटरसाइकल चालककाे घटनास्थलमै मृत्यु भएको हाे । मृत्यु हुनेमा माेटरसाइकल चालक माेरङकाे रङगेलि नगरपालिका वडा न.८ का ३७ बर्षिय भिमराज राजवन्शि रहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता भुवनेश्वर साहले जानकारि दिनुभयाे ।
डिएसपि साहका अनुसार यता ठक्कर दिने बाेलेराे तथा बाेलेराे चालक धनकुटाकाे पाख्रावास नगरपालिका वडा न.४ का ३९ बर्षिय ताेर्ण निराेला प्रहरीकाे नियन्त्रणमा रहेकाे तथा घटनाकाे अावश्यक थप अनुसन्धान कार्य भइरहेकाे बताउनुभयाे ।