
काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
सरकारले संवैधानिक निकायहरुमा जबरजस्ती पदाधिकारी नियुक्ति गरेको भन्दै दाहाल–नेपाल समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।
यसबारे दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले जानकारी दिए ।