२९ कार्तिक २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २१, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक आयोगमा गरिएको नियुक्ति तानाशाहीको अर्को नमुना भएको बताएका छन् ।

राष्ट्रपति कार्यालयमा आज सपथ ग्रहण गराइएपछि बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै खनालले केपी ओलीले मुलुकलाई थप अन्धकारतिर धकेलेको भन्दै आक्रोश पोखे । उनले भने, “यो तानाशाहीको अर्को नमुना हो । सम्पूर्ण प्रशासनलाई एकलौटी गर्ने, मनपरीतन्त्र निम्त्याउने, मुलुकलाई अन्धकारतर्फ लैजाने कामको थप कदम हो । यसको हाम्रो पार्टी भत्सर्ना गर्छ, निन्दा गर्छ ।”राष्ट्रपति कार्यालयले आज संवैधानिक आयोगहरूमा सिफारिस भएकाहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएको छ । सरकारले गत मङ्सिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो ।

संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएको र मङ्गलबार सिफारिसको ४५ दिन पूरा भएकाले संवैधानिक प्रावधानमै टेकेर राष्ट्रपति कार्यालयले शपथ खुवाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान राष्ट्रपति कार्यालयमा सपथ खुवाएकी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]