३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २१, २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आज(बुधबार) काठमाडौंमा मोटरसाइकलको र्‍याली गर्दैछ।

बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली गर्न लागिएको हो ।माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने तयारी स्वरुप नेकपाका नेता महेश बस्नेतले नेतृत्वमा १० हजार मोटरसाइकल र्‍याली निकाल्ने दावी गरिएको छ। मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु हुने र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली, त्रिपुरेश्वर,एनएसी,जमलचोक, दरबारमार्ग,नारायणहिटी,जयनेपाल हल,कमलपोखरी,रातो पुल,गौशाला,एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने राष्ट्रिय युवा संघले जनाएको छ।

जनसभा परिचालन कार्यक्रमको सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको कार्यालय बालकुमारी ललितपुरमा रहेको छ। बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष पोखरेलको अध्यक्षतामा २५ सदस्य सचिवालय गठन भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]