१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २१, २०७७

काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन्। पहिलो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र विभागीय क्लब त्रिभुवन आर्मी फुटबलबीच प्रतिस्पर्धा हुनेछ। अंकविहीन चौदण्डीगढी नगरपालिका आर्मीविरुद्धको खेलमा अंक खोस्ने लक्ष्यमा हुनेछ।

बिहान ११ः३० मा हुने खेलमा आर्मी भने स्पष्ट जित निकाल्दै १३ अंक बनाउने लक्ष्यमा छ। आर्मी लिगको दोस्रो स्थानमा छ। आर्मीले पाँच खेलमध्ये तीन खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ। यता, चौदण्डीगढी भने पाँच खेलमा सबै खेल हार्दै अंकविहीन छ।त्यस्तै, आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ। पुलिस लिगको तेस्रो स्थानमा रहँदा विराटनगर पाँचौं स्थानमा छ। पुलिसको पाँच खेलमध्ये दुई खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै आठ अंक छ।

विराटनगरको भने पाँचमध्ये दुई खेलमा जित, दुई खेलमा हार र एक खेलमा बराबरीसहित सात अंक छ। विराटनगर र पुलिसबीचको खेल सकिएसँगै लिगको पहिलो चरणका खेलहरु सकिने छन्। अहिलेसम्म एपिएफले ६ खेलमा शतप्रतिशत नजिता निकाल्दै १८ अंक बनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]