ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–१ सिनामको पञ्चमी छेउमा मंगलबार दिउँसो भएको आगलागीबाट पाँचवटा घर जलेका छन् ।
सिनाम माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रकाश गौतमका अनुसार शान्तिराम गिरी, दिपेन्द्र गिरी, टेकनाथ गिरी र उनका छोरा दिपक गिरी समेतको गरी पाँचवटा घर जलेका हुन् ।बस्तीको मुनी राखेको खरमा सानो नानीले लाइटर सल्काउँदा आगलागी भएको अनुमान गरिएको सिनाम घर भएका संविधानसभा सदस्य भुपेन्द्र थेवेले जानकारी दिए ।
‘लाइटर खेलाउँदै हिँडेको नानीले लगाएको अनुमान गर्यौं,’ थेवेले भने, ‘घर कटेराहरु केही बाँकी नरही एउटा बस्ती पूरै जलेको छ ।’ ५० भारी खर राखेको ठाउँबाट सुरु भएको आगो कटेरो हुँदै घरहरुमा सल्किएको थेवेले बताए । क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।