०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

सर्लाही। नेकपा विभाजनको सङ्घारमा पुगिरहँदा नेता तथा कार्यकर्ता तानातानको अवस्था सिर्जना भएको छ । प्रचण्ड-नेपाल समूहले सर्लाहीको २० वटै पालिकामा आफ्नो सङ्गठन विस्तार गरिसकेको दाबी गरेको छ ।

प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको निर्णयपछि विभाजित बनेको प्रचण्ड-नेपाल समूहले केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो सङ्गठन विस्तार गर्न अहिले सङ्घर्ष समिति गठन गर्ने नीति अघि सारिरहेको छ । यसै क्रममा मङ्गलवार सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रचण्ड-नेपाल समूहको वडा भेला सम्पन्न भएको छ ।ईश्वरपुरको वडा नं ११,१३ र १४ मा मङ्गलवार एकै दिन वडा भेला सम्पन्न गरिएको हो । भेलामा प्रदेश सभा सदस्य द्वय डिल्ली उप्रेती र बेची लुङ्गीले, नेकपाको प्रचण्ड-नेपाल समूहका नेताहरू रेवती पन्त, सुरेन्द्र लामा, रामचन्द्र सिंह, रामप्रति राय, रूपनारायण सिंह, सूर्यनारायण महतो, गोविन्द अधिकारीलगायतका नेताहरूको उपस्थिति रहेको नेता मीनकुमार गौतमले जानकारी दिए ।

उता प्रधानमन्त्री केपी शर्मा ओली समूहले आफ्नो समूह विस्तारका लागि त्यति समय खर्चिएको देखिँदैन । ओली समूह अहिले “पर्ख र हेर” को नीतिमा रहेको यस समूहका एक केन्द्रीय सदस्यले बताएका छन् । आफूँहरु जहाँ थियौँ, अहिले पनि त्यही स्थानमा रहेको र केही साथीहरू नबुझेर अर्कोतर्फ जानुभएकाले बिस्तारै उहाँहरू फेरी आफ्नो पुरानै समूहमा फर्कने पनि ति केन्द्रीय सदस्यको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]