१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन २५, २०७७

सप्तरी- पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको जानकारी दिए।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ७५ हजार ८ सय ४ जना संक्रमित उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६३६ पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]