२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन २५, २०७७

सप्तरी ,२५ असोज । सप्तरीको राजविराज स्थित राष्ट्रिय बाणिज्य बैंकका १३ जना कर्मचारीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजविराज स्थित गजेन्द्र नारायण सिंह अन्चल अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट अनुसार बैकका १३ जना कर्मचारी, रुपनी गाउँपालिकाका ११ जना र राजविराज नगरपालिकाका एक जना गरी २५ जनामा कोरोना पुष्टि भएकोे हाे ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा राजविराजमा कार्यरत सप्तरीको राजविराज नगरपालिका वार्ड नम्बर १ का २३ वर्षीया महिला, सोही वार्डका उमेर नखुलेका पुरुष, ४० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, उमेर उल्लेख नभएको महिला, डाक्नेश्वरी नगरपालिका ९ का १२ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २४ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका ७ का २२ वर्षीय पुरुष, रुपनी गाउँपालिका ६ का ३८ वर्षीय पुरुष, मोरग जिल्लाका ३१ वर्षीय पुरुष, र उदयपुरकाे ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरिले जनाएको छ ।

त्यस्तै, रुपनी गाउँपालिका वार्ड नम्बर १ का ३१ वर्षीया महिला, ४६ वर्षीय पुरुष, ४३ वर्षीय पुरुष, ४८ वर्षीय पुरुष, २२ वर्षीय पुरुष, २४ वर्षीया महिला, ४० वर्षीया महिला, ३० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, वार्ड नम्बर ४ का २४ वर्षीय पुरुष, ४७ वर्षीय पुरुष, छ वर्षीया महिला र राजविराज नगरपालिका वार्ड नम्बर ७ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको उहाँले जानकारी दिनुभयो ।

यससँगै सप्तरीमा कूल संक्रमितको संख्या एक हजार ३८७ पुगेको छ भने एक हजार ११२ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ । यस्तै हालसम्म सप्तरीमा तीन महिलासहित २० जनाको मृत्यु भएकाे स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]