३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

सप्तरी – सप्तरीको डाक्नेश्वरि नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै अनियमितता बन्द गर्नुपर्ने माग सहित नेपाल ट्रेड युनियन महासङघ जिफन्टले आज ज्ञापनपत्र बुझाएको छ ।

जिफन्टका अध्यक्ष रामअवतार यादवकाे नेतृत्वमा सयौं काे सङ्ख्यामा सप्तरीको डाक्नेश्वरि नगरपालिमाका मेयर शिव नारायण साहलाई साे ज्ञापनपत्र बुझाएका हुन । बुझाइएको ज्ञापनपत्रमा अनाेपचारिक क्षेत्र श्रमिककाे पन्जिकरणका साथै रासन कार्डकाे अबिलम्ब व्यवस्था गर्नपर्ने ,अनाेपचारिक क्षेत्र श्रमिककाे सामाजिक सुरक्षा लागू गर्नुपर्ने ,प्रधानमन्त्री द्वारा याेगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने ,आवाश बिहिन मजदुरहरुलाइ आबासकाे व्यवस्था गर्नुपर्ने ,बेराेजगार मजदुरहरुलाइ राेजगारकाे व्यवस्था गर्नुपर्ने लगायतका माग सहित ज्ञापनपत्र बुझाएको छ । यस्तै क्षमता अभिवृद्धि तालिम अथवा जनचेतनामूलक कार्यक्रम जिफन्ट द्वारा सन्चालन गर्नुपर्ने ,काेराेना भाइरसमा खर्च भएको रकमको विवरण उपलब्ध गराउनुपर्ने ,सुचनाकाे हक अनुसार सम्पुर्ण बिकास निर्माण कार्यकाे लगत इस्टिमेट मुल्यांकन उपलब्ध गराउनुपर्ने र नगरपालिकामा भएको आर्थिक अनियमितता बन्द गर्नुपर्ने लगायतका माग सहित साे ज्ञापनपत्र बुझाएको जिफन्टका सचिव गणेश चाेधरिले जानकारि दिनुभयाे । अाफुहरुकाे जायज माग अविलम्ब पूरा नगरेकाे खण्डमा नगरपालिका बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनि समेत जिफन्टले दिएका छन । साथै आफुहरुकाे जायज माग एक साताभित्र पूरा नभएको खण्डमा धर्ना ,जुलुस ,तालाबन्दी र अनसन लगायतका सघङषृका कार्यक्रमहरु गर्ने जिफन्टका सचिव गणेश चाेधरिले जानकारि दिनुभयो ।

यता नगरपालिकाका मेयर साहले ज्ञापनपत्र बुझदै उहाहरुकाे जायज माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]