१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

काठमाडौं – नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको छ । एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो ।

नेपाल भलिबल संघले चीनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो । चाईना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा आयोजक चीनसहित १६ टिमले सहभागीता जनाउनेछन् ।सेन्ट्रल जोन, मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनैपनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल खेल्ने गरि बैठकले निर्णय गरेको हो । बाँकी १० राष्ट्र मध्य सेन्ट्रल जोनबाट नियमित प्रतियोगिता खेलिरहेका इरान, ताजकिस्तान र भारत वरियताका आधारमा सिधै छनोट भएका छन् ।कोभिड–१९ को अवस्था हेरेर एभीसीले प्रतियोगिता हुनु दुई महिना अघि खेल हुने÷नहुने विषयमा पक्का गर्ने बताएको छ । कोभिडकै कारणले गत फागुनमा विच भलिबल समेत स्थगित बनेको थियो ।गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको महिला टिमले ऐतिहासिक रजत पदक जितेको थियो । फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित बनेको नेपालले ऐतिहासिक रजत पदक भने प्राप्त गरेको थियो । साग अघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको महिला टिमले स्वर्ण पदक जितेको थियो ।

भलिबलको इतिहासमा सेन्ट्रल जोनमा नेपालले ऐतिहासिक स्वर्ण पदक हात पारेको थियो । महिला टिमको पछिल्लो प्रर्दशनलाई आधार मानेर नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपमा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]