१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

हिमाली जिल्ला डोल्पाका एक समाजसेवी युवाले व्यक्तिगत खर्चमा सिंगो गाउँलाई नै ग्यास चुलो र सिलिण्डर बाँडेका छन् ।ठुलीभेरी नगरपालिका वडा नं ३ दुनैमा बस्दै आएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १ सय २१ घरधुरीलाई ग्याँस चुल्हो र सिलिण्डर वितरण गरेका हुन् ।

व्यक्तिगत ९ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिण्डर र चुल्हो ल्याएर बितरण गरेको स्थानीय राजबहादुर बुढाले बताए । सदरमुकाम दुनै स्थित सरस्वती माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बुढाले जिल्लामै नमुना काम गरेकाले यस्तै दिर्घकालिन सोच राखेर अन्य युवाले पनि समाजसेवामा लाग्नुपर्नेमा जोड दिए ।दुर्गम क्षेत्रका महिलाहरुको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भएपनि राहत मिलोस भन्ने उदेश्यले व्यक्तिगत रुपमा चुल्हो सहितको सिलिण्डर वितरण गरिएको युवा मन बुढाले बताए । महिलाहरुलाई साँझपख खेतबारीबाट फर्केर आईसकेपछि अगेनोमा कष्टका साथ खान पकाउन पर्ने अवस्था देखेर आफूले ग्याँस वितरण गरेको बुढाको भनाई छ ।

त्यतिमात्र नभई प्रत्येक दिन चाहिने दाउराको स्रोत जंगल नै भएकाले स्थानीयको जंगलप्रतिको परनिर्भता घटाई वन विनाश रोक्न पनि यो कदम चालिएको बुढाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]