०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन २५, २०७७

सप्तरी- सुनसरीको देवानगञ्ज–७ बस्ने एक महिलामाथि निर्घात कुटपिट भएको छ ।

अंशबण्डाको विवाद नमिल्दा देवानगञ्ज–७ बस्ने ३० बर्षीय ममतादेवी मेहत्तामाथि कुटपिट भएको हो । गत असोज १८ गते साँझ करिब ७ बजे जेठाजु राजकुमार मेहत्ता र उनका २ साथी रामकुमार यादव तथा सुवेश यादवले महिलामाथि कुटपिट गरेको स्थानीयले बताएका छन् ।

तीन जनाको कुटपिटबाट महिलाको टाउको, मुख र घाँटीको पछिल्लो भागमा चोट लागेको छ । विराटनगरस्थित गोल्डेन हस्पिटलमा उपचार भएपछि उनी अहिले डिस्चार्ज भएकी छन् ।

यस्तो छ घटनाको नालीबेली
देवानगञ्ज-७ बस्ने पिडित ममतादेवी मेहत्ताको श्रीमान र २ छोराछोरी छन् । श्रीमान दिनेश मेहत्ताको विराटनगरमा सागसब्जीको खुद्रा व्यापार छ । उनीहरु राजकुमार मेहत्ता, दिनेश मेहत्ता र सन्तोष मेहत्ता गरि ३ दाजुभाई छन् । उनीहरुकाबीच करिब ४ बर्षदेखि १० कठ्ठा जग्गाको अंशबण्डाको विवाद छ । ठुलो दाजु राजकुमारले जग्गाको अंशबण्डा गर्न मानेका छैनन् । जग्गा अहिलेसम्म हजुरबुवा जोखन मेहत्ताको नाममा भएपनि राजकुमारले भने करिब ४ बर्षपहिले नै आफ्ना साथी रामकुमार यादवलाई १० धुर जग्गा मुखौती बिक्री गरिसकेका छन् ।

तर सो जग्गामा दिनेश र उनको परिवारको ३ कोठे घर छ । आफुले घर बनाएको जग्गा दाजुले कुनै जानकारी बिना नै आफ्नो साथीलाई मुखौती बेचिसकेको दिनेशको आरोप छ । घर बनाएको जग्गा दाईले गोप्य रुपमा आफ्नो साथीलाई बेच्नुभयो, दिनेशले भन्नुभयो, ‘अंशको मुद्दा हालेपछि मात्र जग्गा बिक्री गरेको थाहा पाए ।’

हाल राजकुमारले मुखौती बेचेको सो १० धुर जग्गा रामकुमारको नाममा पास गरेपछि मात्र अंशबण्डा गर्ने बताउँदै आएका छन् । तर दिनेशले जग्गा पास गर्दा आफ्नो घर भत्काउनुपर्ने भन्दै असहमति जनाउँदै आएका छन् ।

असोज १८ गते आईतबार सोही बिषयमा विवाद झिक्दै राजकुमार र उनका २ साथीले महिलामाथि कुटपिट गरेका हुन । घटना भएको साँझ दिनेश तरकारी बिक्री गर्न बजार गएका थिए । ‘साँझको खाना पकाउन तयारी गर्दै थिए । दाजुसहित आएका दुईजना भएर मलाई एक्कासी कुटपिट गर्न थाले,’ ममतादेवीले भन्नुभयो, ‘कुटाइ खाएपछि म त्यही ढले । राती श्रीमान आएपछि हस्पिटल पुर्‍याउँदा मात्र मेरो होस आयो ।’

कारबाही नगरी प्रहरीले छोडिदियो
कुटपिटमा संलग्न एक जनालाई हरिनगरा प्रहरी चौकीले घटनास्थलबाटै पक्राउ गरेको थियो । तर कुनै कारबाहीको प्रक्रिया अगाडि नबढाई छोडिएको पीडित परिवारको आरोप छ ।

प्रहरी चौकी हरिनगराले घटनामा संलग्न सुवेशलाई पक्राउ गरेको थियो । तर जग्गा सम्बन्धी विवाद भएकोले पीडित र पीडिकबीच मिल्न दबाब दिँदै पक्राउ परेका सुवेशलाई छोडिदिएको दिनेश मेहत्ताको भनाई छ । ‘कुटपिटबाट घाइते भएपछि हामीले हरिनगरा प्रहरी चौकीमा लिखित उजुरी दिएपनि प्रहरीले जाहेरी लिन मानेन,’ उहाँले भन्नुभयो, ‘प्रहरीले निवेदन दर्ता गर्न मानेन । दुवै पक्षबीच क्षतिपूर्तिसहित मिल्न भनी हामीलाई दबाब दिएर घर फर्कायो ।’

हरिनगरा प्रहरीले चौकीले निवेदन दर्ता गर्न नमानेपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सुनसरीमा हुलाकमार्फत उजुरी पठाएको छ । कुटपिट गर्नेहरूलाई आवश्यक कारबाहीको माग राख्दै उनीहरूले हुलाकमार्फत सुनसरी प्रहरीमा उजुरी पठाएको देवानगञ्ज गाउँपालिका ७ का वडाध्यक्ष बद्री यादवले जानकारी दिनुभयो ।

महिलामथि यसअघि पनि पटकपटक विभिन्न बिषयमा कुटपिट हुँदै आएको वडाध्यक्ष यादवको भनाई छ । सम्बन्धित बिषयमा थप बुझ्न हरिनगरा प्रहरी चौकी र विपक्षीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]