०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

काठमाडौं । आउँदो बिहीबारदेखि बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् ।

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ ।मौसमविद शान्ति कँडेलले भनिन्, ‘मौसम हो अपडेट भइराख्नुपर्ने हुन्छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली हुने, वर्षा र हिमपात हुनेजस्तो देखिन्छ । यो सिस्टम गइसकेपछि तापक्रम वृद्धि हुँदै जान्छ ।’

‘तराईको हुस्सु कुहिरो पनि हट्छ’
मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरु हुने मौसमविद कँडेल बताउँछिन् । यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्छ । तराईको हुस्सु कुहिरो पनि हट्छ । ‘त्यसले गर्दा तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस हुन्छ । तर पहाडी क्षेत्रहरुमा बदली भएर घाम नलाग्दा चिसो महसुस हुन्छ । तापक्रमको आधारमा न्यूनतम तापक्रम घट्ने खासै हुँदैन,’ मौसमविद कँडेलले भनिन् ।

घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने मौसमविदको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]