भक्तपुर । चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभा सुरु भएको छ । सोमबारबाट सुरु भएको नगरसभामा अर्ध वार्षिक प्रगति समिक्षा प्रस्तुत गर्दै उपप्रमुख विणा बास्तोलाले यस आर्थिक वर्षमा १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय बजेट विनियोजित भएको जनाकारी दिइन् ।
‘हालसम्म छयालिस करोड साठी लाख छयालिस हजार पाँच सय रुपैयाँ खर्च भएको छ, यो खर्च कुल विनियोजित बजेटको ३१.४३ प्रतिशत हो,’ उपप्रमुख बास्तोलाले भनिन् ।जसमा पुँजीगत तर्फ विनियोजित एकासी करोड पच्चिस लाख नब्बे हजार रुपैयाँमा माघ ११ गते सम्ममा चौविस करोड छयालिस लाख पचहत्तर हजार छ सय चौरासी रुपैया खर्च भएको उनको भनाई छ ।नगरपालिकाको आन्तरिक राजश्व चालु आव २०७७÷७८ को लागि कुल रु अठ्ठाईस करोड एकहत्तर लाख साठी हजार रुपैयाँ प्रक्षेपित आय अनुमान गरेको थियो । चालु माघ ११ गते सम्म कुल सात करोड छब्बीस लाख छयत्तर हजार आठ सय चौवालिस रुपैयाँ मात्र संकलन भएको छ र यो कुल प्रक्षेपणको २५.३० प्रतिशत रहेको छ उपप्रमुख बास्तोलाले बताइन् ।नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाको आफ्नै हलमा नगर सभा गर्ने सपना पुरा भएको बताए । थाइल्याण्डवासीको सहयोगमा चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरीको तपा डम्फोमा बनेको भवनमा नगरसभा सुरु भएको छ । आफ्नै भवन बनाउनका लागि नगरपालिकाको वडा नम्बर ५ घुमाउनेमा २५ करोड ४६ लाख २५ हजार ४ सय १४ रुपैयाँमा ठेक्का दिइ काम सुरु भएको मिश्रले बताए ।नगर प्रमुख मिश्रले हिउँदे सभामा ६ महिने कार्यकालको समीक्षा गरिने जानकारी दिए । नगरसभामा वडा नं. १ का वडाध्यक्ष राजेश खड्का, वडा नं. ३ का श्यामसुन्दर धिमाल, वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्कालगायतले विभिन्न विधेयक प्रस्तुत गरेका थिए ।
सभामा चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडाध्यक्ष परासर सापकोटाले विभूषण, पदक, पुरस्कार तथा सम्मान सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, ९ का वडाध्यक्ष गणेश त्यातले आर्थिक विधेयकमा संशोधन प्रस्तुत गरेका छन् ।