०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यान्मारविरुद्ध नाकाबन्दी गर्ने चेतावनी दिएका छन् । सेनाले त्यहाँको जननिर्वाचित सरकारलाई ‘कु’ गरेर सत्ता हातमा लिएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

म्यान्मारको सेनाले आङ सान सुकी र अन्य निर्वाचित अधिकारीहरुलाई हिरासतमा राखेको छ, सुकीको पार्टीमाथि गत निर्वाचनमा धाँधली गरेको आरोप सेनाको छ । यसबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति नै जारी गरेका छन् । ‘सेनाले कहिल्यै जनताको इच्छामाथि शासन लाद्ने अवसर खोज्ने वा विश्वसनीय निर्वाचनको नतिजालाई खारेज गर्ने मौका खोज्नुुहुन्न,’ विज्ञप्तिमा भनिएको छ ।संयुक्त राष्ट्रसंघ र बेलायतले पनि यस ‘कू’को विरोध गरेका छन् ।म्यान्मारमा पहिले पनि अमेरिकाले प्रतिबन्ध लगाएको थियो । यद्यपी, यहाँ निर्वाचित सरकार बहाल भए प्रजातन्त्र संस्थागत हुने दिशामा गएपछि पछिल्लो दशकमा नाकाबन्दी खुलेको थियो । बाइडेनले तत्कालै यस अवस्थाको मूल्याङ्कन हुने चेतावनी दिएका छन् । ‘जहाँसुकै प्रजातन्त्र खतरामा होस्, अमेरिका प्रजातन्त्रको पक्षमा हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले सेनाको यस कदमलाई प्रजातन्त्रिक सुधारमाथिको गम्भिर हमला भनेका छन् । राष्ट्रसंघले अहिले हिरासतमा राखिएका कम्तिमा ४५ व्यक्तिलाई तत्कालै रिहा गर्न माग पनि गरेको छ । युरोपेली युनियनका नेताहरुले पनि सेनाको कदमको निन्दा गरेका छन् । सुकीलाई हिरासतमा लिने कार्य असंवैधानिक र निन्दनिय रहेको उनीहरुले जनाएका छन् ।

यसअघि म्यान्मारमा अन्तर्राष्ट्रिय हस्तक्षेपको विरोधमा रहेको चीनले देशका सबै पक्षले मतभिन्नतालाई समाधान गर्दै अघि बढ्नुपर्ने टिप्पणी गरेको छ । कम्बोडिया, थाइल्यान्ड र फिलिपिन्सले यसलाई म्यान्मारको आन्तरिक मामिला भनेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]