०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १९, २०७७

काठमाडौं । नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् ।

पोखरेल चढेको गाडीलाई लक्षित गरेर कार्यकर्ताहरुले ढुंगा हानेका थिए । तर, पोखरेलको गाडी छेउमा रहेको एक संस्थानको गाडीको सिसा फुटेको छ ।यसअघि प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाउँदै मन्त्री पोखरेलको विरोध गरेका थिए । घटनापछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो, जसमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।हाल स्थिति नियन्त्रणमा आइसकेको र मन्त्री पोखरेल कार्यक्रममा सहभागी भइरहेको बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले अनलाइनखबरलाई बताए ।

उपप्रधानमन्त्री पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरु कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज नुवाकोट सदरमुकाम विदुर पुगेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]