२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १९, २०७७

समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित सहरी विकासलाई पहिलो प्राथमिकतामा राखी आवश्यक नीति–नियम बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा महासंघका कोषाध्यक्ष शुकुन्तलाल हिराचनले सहरी विकासका लागि ठोस गुरुयोजना नभएकाले त्यसतर्फ पनि काम गर्न समितिलाई सुझाब दिए ।

आइतबार नै महासंघका कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित सहरी विकास समिति विस्तार भएको छ । समितिका सहसभापतिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कँडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह चुनिएका छन् ।

समितिका सदस्यहरूमा नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वअध्यक्ष ई. ध्रुव थापा, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) का पूर्वअध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजंघा हाउजिङ लिमिटेडका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्ट्रक्चर ई. डा. पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानुनी सल्लाहकार डा. गोकुलप्रसाद बुर्लाकोटी रहेका छन् । समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]