२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १९, २०७७

मकवानपुर — आयोजक विजय युथ क्लब, हेटौंडा र सेन्ट्रल कलेज, भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आयोजकले सर्लाहीलाई २–० र भरतपुरले काठमाडौंको एफसी रियालेलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

हेटौंडाको जितमा विदेशी खेलाडी साहिद र हिसुब थपलियाले गोल गरे । साहिदले खेलको छैटौं मिनेटमा र हिसुबले ७२ औं मिनेटमा गोल गरे । हेटौंडाकै विमल राना म्यान अफ द म्याच भए । प्रतिस्पर्धात्मक खेलमा सर्लाहीका खेलाडीहरूले राम्रो प्रदर्शन गरे पनि हेटौंडाको तर्फबाट ‘ए’ डिभिजन लिगमा सहभागी भइसकेका अनुभवी खेलाडीहरूका अगाडि फिनिसिङमा पटक–पटक चुकेका थिए । हेटौंडाका तर्फबाट राष्ट्रिय टोली सदस्य रञ्जन विष्टसमेत सहभागी थिए ।

विदेशी खेलाडी जोन ग्लोरीको ह्याट्रिक प्रेरित भरतपुरको जितमा रञ्जित आले मगरले पनि थप एक गोल गरे । ग्लोरीले ३५, ३७ र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । प्रतियोगितामा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी बनेका ग्लोरी म्यान अफ द म्याचसमेत भए । भरतपुरका रञ्जितले १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । काठमाडौंका रञ्जित तिवारीले ५७ औं मिनेटमा एक मात्र गोल गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]