एजेन्सी – रसियामा विपक्षी नेता एलेक्सी नाभाल्नीलाई पक्राउ गरिएको भन्दै विरोध प्रदर्शनमा उत्रेका हजारौं व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोनिटरिङ ग्रुपका अनुसार ५ हजारभन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुरक्षालाई मध्यनजर गर्दै मेट्रो स्टेशन र सिटी सेन्टरहरु बन्द गराइएको छ।बिष दिइएपछि जर्मनीमा उपचारपछि रसिया फर्किएका नाभाल्नीलाई पक्राउ गरिएको थियो। त्यसैको विरोधमा अहिले रसियाका धेरै स्थानमा विरोध प्रदर्शन भइरहेको छ।
रसियामा विपक्षी नेता एलेक्सी नाभाल्नीलाई पक्राउ गरिएको भन्दै विरोध प्रदर्शनमा उत्रेका हजारौं व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मोनिटरिङ ग्रुपका अनुसार ५ हजारभन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुरक्षालाई मध्यनजर गर्दै मेट्रो स्टेशन र सिटी सेन्टरहरु बन्द गराइएको छ।बिष दिइएपछि जर्मनीमा उपचारपछि रसिया फर्किएका नाभाल्नीलाई पक्राउ गरिएको थियो। त्यसैको विरोधमा अहिले रसियाका धेरै स्थानमा विरोध प्रदर्शन भइरहेको छ।