२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन २४, २०७७

सप्तरी – नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। गत २४ घण्टामा मात्र ५ हजार ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ४८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ११, भोजपुरमा ३, मोरङमा ३ सय ६९, संखुवासभामा ९ र सुनसरीमा ३ सय ९४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ११, पर्सामा ३६, बारामा १०, महोत्तरीमा ११, रौतहटमा १७, सप्तरीमा ६, सर्लाहीमा १९ र सिरहामा १८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार १ सय जनामा कोरोना भेटिएको छ। काभ्रेमा ३५, चितवनमा १ सय ४७, दोलखामा ८, धादिङमा ३८, नुवाकोटमा ४०, भक्तपुरमा २ सय ३, मकवानपुरमा ५४, रसुवामा ३, रामेछापमा ५, ललितपुरमा ३ सय ६९, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ४८ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५१, गोरखामा २५, तनहुँमा ५५, नवलपरासी पूर्वमा ३६, पर्वतमा ३, म्याग्दीमा ७, लमजुङमा २, बागलुङमा १२ र स्याङजामा ७ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका १५, कपिलवस्तुका १०, गुल्मीका ७, दाङका ९३, नवलपरासीका ३१, पाल्पाका ३७, प्युठानका ४२, बर्दियाका ६, बाँकेका ४५, रुकुम पूर्वका २, रोल्पाका ५ र रुपन्देहीका २ सय १५ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ८, दैलेखमा १०, रुकुम पश्चिममा ११, सल्यानमा १२ र सुर्खेतमा १ सय ३४ जनाका कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा १८, कैलालीमा ३५, डोटीमा ३, दार्चुलामा ३, बझाङमा १० र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये ३० हजार ८ सय १८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]