सप्तरीमा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा न. ४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह रहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गए राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । यता घटनाको बारेमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।