प्रदेश नं १ सभाको बैठक २५ गते आइतबारका लागि आब्हान भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार विज्ञप्ति जारी गरी अर्को आइतबारका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।
प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि आज सभामुखको आदेशानुसार सचिव पराजुलीले बैठक बोलाएका हुन् । प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै अर्को समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
हेरौ प्रदेश सभाको सूचना :