२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १८, २०७७

महोत्तरी – जिल्ला अदालत महोत्तरीले रम्तेल डाँडा सामुदायिक वनका अध्यक्ष शेरबहादुर राउतलाई धरौटीमा रिहा गरेका छन् ।

वन कार्यालयले त्यही सामुदायिक वनको जग्गा अतिक्रमण तथा वन फँडानी प्रकरणमा मुख्य अभियुक्त मानिएका राउतलाई पक्राउ गरेको थियो । गएकाे पुस दोस्रो हप्ता पक्राउ परेका उनी प्रहरी हिरासतमा थिए । न्यायाधीश दीपक खरेलको इजलासले अध्यक्ष राउतलाई आइतबार २ लाख ५० हजार रुपैयाँ धरौटी राख्न आदेश गरेका थिए ।

धरौटी बुझाएर अध्यक्ष राउत तारिखमा रिहा भएको महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जैसवालले जानकारी दिनु भयाे । विसं २०४३ सालमा वन कार्यालयले रोपेको विरुवा र वन लगाएको जग्गालाई अध्यक्ष राउतले व्यक्तिको जग्गा भएको दाबी गर्दै काट्न डिभिजन वनमा सिफारिस गरेका थिए । वन प्रकरणमा मुछिएका अरु २१ जनाविरुद्ध वारेन्ट जारी गर्न अदालतले आदेश दिएको छ । डिभिजन वन कार्यालय जलेश्वरले गएको शुक्रवार वनका कर्मचारीसहित २२ जनाविरुद्ध मुद्दा हालेको थियो । रम्तेल डाँडा वन प्रकरणमा वनले ६ जनालाई मुद्दामा मुख्यअभियुक्त बनाइएको छ । अनुसन्धान अधिकृत रामसुन्दर साहकाअनुसार, वन कार्यालयका सहायक वन अधिकृतसहित ७ कर्मचारी, मालपोत र नापीका १/१ जना गरी ९ जना कर्मचारीविरुद्ध मुद्दा परेको हो ।

१ जना वडा सदस्य, सामुदायिक वनका अध्यक्ष, २ जना जग्गाधनी, १ जना काठ व्यापारी र सर्जमिन मुचुल्कामा सहीछाप गर्ने अन्य ८ जनासहित २२ जना पनि मुद्दामा परेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]