२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १७, २०७७

राजविराज – राजविराज नगरपालिका वडा न. ९ निवासी एक महिला आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी छिन् । अाज बिहान ७ बजेतिर मलेठको कोलहट निवासी २७ वर्षिया निलमदेवी यादवको शव झुन्डिएको अवस्थामा फेला परेको हो । उहाँको शव उनी सुत्ने कोठामा सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव आवश्यक प्रक्रिया पुरा गरि पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी भुवनेश्वर साहले बताउनु भयो ।

बिहान आँगनमा रहेको चुल्होमा खाना बसालेर कोठा भित्र छिरेकी उनी चुकुल लगाएर आत्महत्या गरेको स्थानियहरुको भनाई छ । चुल्होमा खाना बसालेर कोठा भित्र छिरेकी उनी धेरै बेरसम्म बाहिर नआएपछि छरछिमेकले प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर पाई पुगेको प्रहरी टोलीले भित्रबाट चुकुल लगाइएको थाहा पाएपछि ढोका फुटाउँदा निलम सिलिङ पंखामा कपडा बाँधेर पासो लगाएको अवस्थामा भेटिएका थिए । बैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेका उहाँका पति रामचन्द्र केही दिनअघि मात्र घर फर्केका थिए । स्थानियवासीका अनुसार अघिल्लो राती काम विशेषले बाहिर गएका उनी शनिबार घर पुग्दा पत्नि कोठाभित्र झुन्डिएको थाहा पाएका थिए ।

सप्तरीको रुपनी गाउँपालिका वडा न.१ रायपुर माइती भएकी निलमको चारवर्ष अघिमात्र रामचन्द्रसँग विवाह भएको थियो । दुई सन्तानकी आमा निलमले कुनै चिन्ताका कारण अचानक आत्महत्याको बाटो रोजेको हुनसक्ने स्थानियले अनुमान व्यक्त गरेका छन् । यता माइतीपक्षले भने घटना रहस्यमय भएको भन्दै सोको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]