११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १७, २०७७

एजेन्सी – चीनमा शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको समाचारमा जनाइएको छ । चीनका स्वास्थ्य अधिकारीहरुले शुक्रबार पनि चीनका विभिन्न सहरमा गरेर ५२ जना नयाँ सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् ।

चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शुक्रबार मात्र चीनमा कोरोना भाइरसका ५२ जना नयाँ सङ्क्रमित देखिएका र तीमध्ये ३६ जना चीन भित्रै संक्रमित भएका पाइएको छ ।चीनमा भेटिएका ती ५२ जनामध्ये १६ जना विदेशबाट आएका नागरिक रहेका ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले शनिबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । त्यहाँ स्थानीय नागरिकहरुबाटै अहिले सङ्क्रमण सर्न थालेकोले चिन्ताको विषय भएको ती स्वास्थ्य अधिकारीले जनाएका छन् ।

सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ । साथै चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ ।शुक्रबार भेटिएका स्वदेशी संक्रमितहरुमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।

चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ सङ्क्रमित भेटिन थालेका बताइएको छ । शुक्रबार भेटिएकामा हेबेइका अतिरिक्त सांघाइ र बेइजिङमा पनि संक्रमित भेटिएका छन् । सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]