१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन २४, २०७७

सप्तरी,२४ असोज: सुनसरीको झुम्का कारागारमा रहेका सिद्धबाबा भनिने कृष्ण गिरीबिरुद्धको जवरजस्ती करणी सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।

बिहीबार सर्वोच्च अदालतले आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबाको मुद्दाको कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।

सुनसरी जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बिरुद्ध विराटनगर उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न गरेको आदेश गरेपछि उनी झुम्का जेलमा थुनामा छन ।

उच्च अदालत विराटनगरको पुर्पक्षको लागि थुनामा राख्ने आदेश बदर गर्न माग गर्दै गिरीले असोज १८ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सोही निवेदनमा सुनुवाई गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको सर्वोच्चको वेवसाइटमा उल्लेख छ ।

कैफियत प्रतिवेदन भनेको मुद्दा र त्यसमा भएका कारबाहीको संक्षिप्त विवरण हो ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीले बलात्कार मुद्दा खेपिरहेका गिरीलाई ३ लाख धरौटीमा छोडेका थिए ।

बलात्कार जस्तो गम्भीर प्रकृतिको मुद्दा लागेका र उनले कसुर गरेको पर्याप्त प्रमाण देखिँदा देखिँदै जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश नमिलेको भन्दै सरकारी वकिल विराटनगर उच्च अदालत गएका थिए ।

उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले भने उनलाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन भनेको थियो ।

सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लगाउँदै गिरीविरूद्ध मंसिरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

बिरामी भएको भन्दै विराट नर्सिङ होममा बसिरहेका गिरीलाई जाहेरी परेपछि मंसिर १६ गते अस्पतालको आइसियूबाटै प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पनि उनलाई अस्पताल राखेरै गरेको थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]