
सप्तरी – बझाङमा एक व्यक्तिको भीरबाट धकालेर हत्या भएको छ।
ज्यान गुमाउनेमा ३५ बर्षीय रमेश बोहरा रहेका छन्। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा सो घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले पुष्टि गरेको छ।
प्रहरीका अनुसार मदिरा सेवन गरेका स्थानीय ३३ वर्षका लव बोहराले उनलाई भीरमा धकेलेका हुन। भीरबाट खसेका उनको ज्यान गइसकेको छ।
भीरमा धकेल्ने ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।