०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन २४, २०७७

सप्तरी,२४असोज: विगतका वर्षहरूजस्तै दसैँ–तिहार र छठजस्ता हिन्दुहरुको माहानचाड सुरु हुनुुपूर्व खोलिने लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ यो वर्ष नखोलिने सम्भावना बढेको छ । शुक्रबार अग्रिम टिकट बुकिङको विषयमा भएको छलफलमा कुनै निर्णय नभएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी गराएका छन। ‘सरोकारवालासँग बैठक बसे पनि कुनै निर्णय भएन,’ उनले भने, ‘अब अग्रिम टिकट बुकिङ हुने सम्भावना घट्दै गएको छ ।’ तर, असोज अन्तिममा एकपटक बस्ने गरी बैठक सकिएको छ । ‘त्यसवेलासम्म अवस्था सामान्यतर्फ जाने सम्भावना देखिएमा अग्रिम टिकट खोल्ने निर्णय हुन सक्छ,’ उनले भने ।

अर्कोतिर यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नै नभएको बताएका छन् । अहिले नियमित चल्ने सवारीसाधनसमेत खाली–खाली रहेका कारण अग्रिम बुकिङको औचित्य नै नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

अग्रिम टिकट खोल्नुअघि दुई सर्त पूरा हुनुपर्ने पनि व्यवसायीको माग छ । पहिलो अग्रिम टिकट काटेपछि निषेधाज्ञा भयो भने काटिएको टिकटको जिम्मा कसले लिने भन्नेमा व्यवसायीको चासो छ । त्यस्तो अवस्थामा काटिएका टिकटको जिम्मा सरकारले दिने ग्यारेन्टी गरेमा अग्रिम टिकट बुकिङ गर्न सकिने उनीहरूको भनाइ छ । त्यस्तै, हवाई उडानको जस्तै बसमा पनि शतप्रतिशत यात्रु बोक्न पाउने व्यवस्था हुनुपर्ने व्यवसायीको माग छ । यातायात मन्त्रालयले शतप्रतिशत यात्रु बोक्न पाउने व्यवस्थाका लागि सिसिएमसीमा प्रस्ताव लगे पनि अझै निर्णय भएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो र मध्यम दूरीको सार्वजनिक सवारीसाधनमा पूर्ण सिट क्षमतामा सञ्चालनका लागि गरेको प्रस्ताव झन्डै दुई हप्तादेखि रोकिएको छ । यातायात मन्त्रालयले चाँडो निर्णय गर्न चाहेको भए पनि स्वास्थ्य मन्त्रालयले रोकिदिएको बुझिएको छ । सिसिएमसीबाट पूर्ण क्षमतमा यात्रु बोक्न पाउने निर्णय भएको खण्डमा भाडादर भने पुरानो नै कायम गरिने यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए । यसअघि सरकारले कोरोना संक्रमणका वेला सार्वजनिक सवारीसाधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्नुपर्ने र भाडा भने तत्कालीन तोकिएको भाडादरको ५० प्रतिशत थप लिन पाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]