२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १६, २०७७

सप्तरी – लमही बजारको नजिकमा पर्छ अजम्मरी सामुदायिक वन । अहिले यो वन घना रुपमा विकास भएको छ । जंगली जनावर पनि बढेका छन् । शनिबार यही वन क्षेत्रमा चितुवा मृत अवस्थामा फेला पर्‍यो । के कारणले चितुवा मर्‍यो भन्ने बारेमा यथार्त कुरा पत्ता लाग्न सकेन । तर, मृत्यु भएको चितुवाको घाँटीमा डाम छ । जंगली जनावर मार्नको लागि सिकारीले थापेको पासोमा चितुवा परेको हुन सक्ने आशंका गरियो ।

यसअघि पूर्व पश्चिम राजमार्ग क्षेत्रमा सवारी साधनको ठक्करबाट जंगली जनावरको मृत्यु हुने गरेका घटना छन् । गत वर्ष जंगली बदेल र चित्तल गाडीको ठक्करबाट मृत्यु भएको रेकर्ड छ।मानिसको जनघनत्व बढेको क्षेत्र नजिक रहेको जंगल क्षेत्रमा चोरी शिकारीको जोखिम छ ।‘जंगल नजिक छ । चोरी शिकारी गर्नेहरु जंगल पस्ने र जनावरहरुको शिकार गर्ने गरेका छन्,’ संरक्षणकर्मी चिरञ्जिवी खनालले भने, ‘जंगली जनावरको संरक्षणको लागि चोरी शिकारी नियन्त्रण गर्न अझै अनुगमनको खाँचो छ ।’यति मात्रै होइन, वन्यजन्तुका कारण मानव पनि जोखिममा छन् । वनमा घाँस दाउरा गर्न जाँदा चितुवा, भालु लगायतका हिंस्रक जनावरले मानिसलाई आक्रमण गर्ने गरेका छन् । गत शनिबार मात्रै लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी वर्ष ५० की बेलमती चौधरी चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भइन्।बेलमतीको मुख, आँखा र टाउकोमा चोट छ । बाख्रा चराउन जङ्गलमा गएको समयमो एक्कासी आक्रमण गरेको थियो । यसअघि बदेलको आक्रमणबाट लमही–१ निवासी चार जना घाइते भएका थिए ।वन्यजन्तुका कारण मानव जोखिममा छन् भने, मानवका कारण वन्यजन्तु जोखिममा छन्। त्यसका केही उदाहरण हुन् यी । वन्यजन्तु चोरी शिकारीका कारण जोखिममा परेका हुन्। कोरिडोर क्षेत्रमा वन्यजन्तुलाई एक ठाउँबाट अर्काे ठाउँमा जानको लागि वन्यजन्तुमैत्री बाटो छैन । जसले गर्दा राजमार्गमा चल्ने सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको छ ।

‘पूर्व पश्चिम राजमार्ग बनाउने क्रममा नै वन्यजन्तु ओहोर दोहोर गर्नको लागि ओभर पास र अण्डर पास सडक बनाइनुपथ्र्याे’, डिभिजन वन कार्यालय देउखुरीका प्रमुख वेसिन्द्र सुवेदीले भने, ‘बाँके राष्ट्रिय निकुञ्जसँग हाम्रो वन क्षेत्र जोडिएको छ । त्यसैले गर्दा पनि यहाँ वन्यजन्तुको ओहोरदोहोर हुन्छ । हामीले संरचना बनाउँदा बन्यजन्तुलाई पनि सोचेर बनाउनुपर्छ ।’लमही क्षेत्रको जंगलमा चितुवा, हुँडार, चरिबाघ, वन विरालो, काठे भालु, निर विरालो, बदेल, स्याल, चित्तल, राते लगायतका जंगली जनावर छन्। यी जनावर चोरी शिकारी, राजमार्गमा हुने दुर्घटना, वन क्षेत्रमा लाग्ने डढेलोको कारणले जोखिममा छन् ।वन्यजन्तु चरणको लागि घाँसे मैदानको खोजीमा हिँड्डुल गर्छन । पानी अनी बासस्थानको खोजीमा निस्कन्छन्। वयस्क जनावरहरु भाले या पोथी साथीको खोजीमा निस्कने भएकाले सो क्रममा चोरी शिकारीले आक्रमण गर्न सक्ने, राजमार्ग पार गर्दा दुर्घटनामा पर्न सक्ने जोखिम हुने गरेको डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले बताए ।‘हरेक जनावरको बानी व्यवहार फरक फरक हुन्छ । एक बासस्थानबाट अर्काे बासस्थानमा जाँदा दुर्घटनामा परेर मरेको देखिन्छ । वन्यजन्तुमैत्री वाटो छैन। यसमा ध्यान दिनुपर्छ’,उनले भने,‘राजमार्ग बनाउने क्रममा ओभर पास, अण्डर पास बनाउनुपर्ने हुन्थ्यो । नत्र भने सधै यस्तै समस्या आइरहन्छ ।’सव डिभिजन वन कार्यालय लमहीमा कार्यरत फरेस्टर मुरारी शर्माले राजमार्ग क्षेत्रमा राष्ट्रिय निकुञ्जमा जस्तै सार्वजनिक सूचना वोर्ड सडक किनारमा राख्न सुझाव दिए । ‘वन्यजन्तुको संरक्षणको लागि जनचेतनाको अझै खाँचो छ । राजमार्गमा तीव्र गतीमा सवारी चलाउँदा जनावरहरुलाई ठक्कर दिँदा दुर्लभ जनावरहरु मर्ने गरेका छन्,’ उनले भने, ‘सडकको दुवै किनारमा तीव्र गतीमा सवारी साधन नचलाउन अनुरोध गरिएको वोर्ड राख्न आवश्यक छ।’

अमिलिया देखि लमही सम्मको दूरी ४० किलोमिटरको छ । यो क्षेत्रमा जंगली जनावरहरु सडक वारपार गर्छन् । यहाँ अण्डर पास र ओभर पासको लागि कुनै संरचना छैन। सडक क्षेत्रमा सन्देश मुलक सूचना वोर्ड पनि राखिएका छैनन्। यस तर्फ सम्बन्धित निकायले समयमै सोच्न जरुरी छ ।

बासस्थान र आहाराको अभावले समस्या
लमही क्षेत्र संरक्षणको हिसाबले वोटलनेक क्षेत्र हो । शिव खोला देखि चैते खोला सम्म पर्छ । ओरीपरी घना जंगल र विचमा बुट्यान क्षेत्र हो । पहिला घना जंगल थियो । बसाइँसराइ र सडकले गर्दा जंगल भएन । बासस्थान लोप हुन थालेपछि वन्यजन्तु लोप हुन थाले । सामुदायिक वनको अवधारणा पछि सुस्तसुस्त यो क्षेत्र घना हुन थाल्यो ।वन्यजन्तु देखिन थाले । वन्यजन्तु आहाराको लागि गाउँ तर्फ आउन थाले । अहिले काठ दाउरा ल्याउन जाँदा अन्य जनावरहरु देखिने गरेका छन्। वन्यजन्तुको बासस्थान बलियो नहुँदा र आहारा प्रशस्त नहुँदा एक ठाउँबाट अर्काे ठाउँ जान थाल्छन्।बाँके राष्ट्रिय निकुञ्जको बोट बिरुवाको जिनहरु अर्काे ठाउँमा जाँदो रहेछ । यो जिन हस्तान्तरण वन्यजन्तुमा पनि हुने गर्छ । प्रजननको लागि जनावरहरु ओहोर दोहोर गर्छन्। कोरिडोरमा जिनको विकास हुन्छ । नेपालको सुक्लाफाँटा र भारतको गौरी फन्टा हुँदै लालझारी, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, भारतको सोहेलवा निकुञ्ज, देउखुरीको उत्तर र दक्षिण चुरे, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज एक आसपमा कोरिडोरको रुपमा छन् ।

वन्यजन्तुको संरक्षणको लागि बासस्थान सुरक्षित हुनुपर्छ । आहाराको ग्यारेन्टी हुनुपर्छ । यी चिज वन क्षेत्रमा उपलब्ध भएमा मानव र वन्यजन्तुको बिचमा द्वन्द कम हुने नर्ति सामुदायिक वन समन्वय समितिका अध्यक्ष जोखुराम चौधरीले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]