
सप्तरी – बुधवार राति करिब ९ बजेतिर पश्चिम नवलपरासी सरावल गाउँपालिका ५ धनगडवा। स्थानीयले घरभित्र मानिस छटपटाइरहेको थाहा पाए। अनिता चौधरीको घरमा स्थानीय पुगे पनि। तर, घरको गेटमा भित्रबाट ताल्चा लगाइएको थियो। भित्र मानिस छटपटाइरहेको र चिच्याएको आवाज भने बन्द गेटले रोकिएको थिएन।
दुई छोरी र ३५ वर्षीय आमा अनिता छटपटाइरहेका थिए। घरको माथि छतबाट भित्र छिर्ने ढोका पनि बन्द गरिएको थियो। स्थानीय घरको ताल्चा फोडेर भित्र छिरे। भित्र छिरिसक्दा तीनै जनाको अवस्था गम्भीर थियो। उनीहरुले फिँज काटिरहेका थिए। राति नै उनीहरूलाई पृथ्वीचन्द्र अस्पताल परासी ल्याइयो। तर, उनीहरूको अवस्था गम्भीर भएकाले उपचार सम्भव भएन।वान्ता गरेपछि हल्लाखल्ला भएछ। अनि छिमेकीले थाहा पाएर मलाई खबर गर्नुभएको थियो। मैले गाउँपालिकाको एम्बुलेन्स बोलाएँ। म पनि अस्पतालमा पुगेको थिएँ। तर राति नै उहाँको मृत्यु भयो,’ सरावल गाउँपालिका ५ का वडाध्यक्ष दिनेश केवटले भने।त्यसपछि भैरहवा अस्पतालमा रिफर गरिएको थियो। तर त्यहाँ केही समयको उपचरापछि अनिताको मृत्यु भयो। राति नै उनको मृत्यु भएको अध्यक्ष केवटले बताए’सबैभन्दा पहिले आमाको मृत्यु भयो। हामी राति अस्पतालमा नै थियौँ। त्यसपछि दुई वटी छोरीको मृत्यु भएको हो,’ अध्यक्ष केवटले भने।१२ वर्षीय बालिका नेहा चौधरी र १० वर्षीय हेमा चौधरीको केही घण्टाको फरकमा मृत्यु भएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीनै जनाको मृत्युको कारण विष सेवन गरेर भएको देखिएको छ। प्रहरीले घटना स्थलबाट सेल्स नामको विष समेत फेला पारेको छ।
‘बेडरुमा बान्ता गरेको भेटियो। बान्तामा सेल्फसको चक्की समेत भेटिएको छ। त्यस्तै एउटा चिया खाने कपमा आधा घोलिएर राखिएको अवस्थामा विष भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी राजु लामाले भने।घटनास्थलबाट भने विष सेवन गरी आत्महत्या गरेको कारण खुल्ने कुनै पनि प्रमाण फेला परेको छैन। उनीहरूले किन आत्महत्या गरे अनुत्तरित नै छ। अनिता दुई छोरीको साथको लालन पालन गरेर जीवन चलाइरहेकी थिइन्। श्रीमान् विदेशमा बसेर कमाइरहेका थिए। नजिकै रहेका सास ससुरासँग भने सम्पत्तिको विषयमा सामान्य मनमुटाव भएको देखिएको छ।अनिता आफ्नी छोरी सहित घरमा बस्दै आएकी थिइन्। उनका श्रीमान् भने वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा। सासु, ससुरा, देवर छुट्टै घरमा बस्दै आएका। तर यही कारणले मृत्युसम्म पुग्नु पर्ने अवस्था आयो होला र?