३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १६, २०७७

सप्तरी – नेपाल उद्योग वाणिज्य महासंघका ८ पूर्वअध्यक्षहरूलाई विभिन्न क्षेत्र हेर्ने गरी जिम्मेवारी दिइएको छ । निवर्तमान अध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल–इन्डिया ज्वाइन्ट बिजनेस फोरमको जिम्मेवारी दिइएको छ । त्यस्तै, महेशलाल प्रधानलाई सल्लाहकार समितिको जिम्मेवारी दिइएको छ ।

पद्म ज्योतिलाई व्यावसायिक आचारसंहिता फोरम, प्रदीपकुमार श्रेष्ठलाई एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री हेर्ने जिम्मेवारी दिइएको छ । यस्तै, अनुशासन समितिको जिम्मेवारी रविभक्त श्रेष्ठले पाएका छन भने विनोदबहादुर श्रेष्ठलाई नेपाल–चाइना नन–गभर्मेन्ट को–अपरेसनको जिम्मेवारी दिइएको छ ।विधान संशोधन समितिको जिम्मेवारी कुशकुमार जोशीले पाएका छन् । यसअघिका कार्यकारिणी समितिमा विधान संशोधन समितिको जिम्मेवारीमा चण्डीराज ढकाल रहँदै आएका थिए । सुरज वैद्यलाई अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी दिइएको छ ।

पूर्वअध्यक्षद्वय पशुपति मुरारका र चण्डीराज ढकाललाई कुनै पनि जिम्मेवारी तोकिएको छैन । यसअघि नयाँ नेतृत्वले मुरारकालाई महासंघको विशिष्ट सदस्यमा चयन गरिसकेको छ । अर्का पूर्वअध्यक्ष विनोद चौधरी महासंघको राजनीतिबाट बाहिरिइसकेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले वर्तमान कार्यकारिणी समितिलाई पूर्वअध्यक्षहरूबाट महत्वपूर्ण सल्लाह, सुझाब र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]