११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी – तेल बोक्ने ट्याङ्कर दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका– १ भदौरे मन्दिरको घुम्तीनजिक ट्याङ्कर दुर्घटना हुँदा चालक ४५ वर्षीय हरभजन सिंहको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको रोल्पा अस्पतालले जनाएको छ । नेपालगञ्जका स्थायी बासिन्दा सिंहको शव जिल्ला अस्पतालमा राखिएको छ ।

सहचालक रुपैडियाका १९ वर्षीय सुनिल शंकर सामान्य घाइते भएको रोल्पा प्रहरीका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो । नेपालगञ्ज डिपोबाट तेल बोकेर आएको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडकदेखि करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]