२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी – बाँकेको नेपालगन्ज भन्सार कार्यालयको चालू आर्थिक वर्षको ६ महिनामै गत आर्थिक वर्षको कुल राजस्वको हाराहारीमै संकलन गरेको छ। गत वर्षको १२ महिनामा कुल ११ अर्ब ७७ करोड अर्थात लक्ष्यको ७६ प्रतिशत मात्रै राजस्व असुली भएको थियो।

प्रमुख भन्सार जयबहादुर भण्डारीका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ५८ करोड ८६ लाख ३५ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ९ अर्ब ९० करोड ७६ लाख ५६ हजार असुली गरेको छ। जुन १३०.५५ राजस्व संकलन गरेको हो। जुन यो ६ महिनाको कुल लक्ष्यभन्दा २ अर्ब ३१ करोड ९० लाख रुपैयाँ बढी राजस्व असुली हो।यो राजस्व असुली गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब चार अर्बले बढी हो। गत आर्थिक वर्षको पुस मसान्तमा ७ अर्ब ९८ करोड लक्ष्य रहेकोमा ५ अर्ब ९१ करोड असुली प्रगति गरेको थियो। चालू आर्थिक वर्षको पहिलो महिनामा १ सय ७७ प्रतिशत राजस्व असुली गरेको नेपालगन्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १ सय ३८ प्रतिशत राजस्व संकलन गरेको छ।कार्यालयको यो वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजस्व असुली गर्ने लक्ष्य छ। प्रमुख भण्डारी भन्छन्, ‘अबका ६ महिनामध्ये माघ, फागुन र चैत महिनामा राजस्व कम संकलन हुन्छ। वैशाख, जेठ र असारमा अलि बढी राजस्व संकलन हुन्छ। यो वर्षको राजस्व लक्ष्य सजिलै पूरा हुन्छ।’ कोरोना महामारीका कारण सीमा नाका बन्द हुँदा चोरीपैठारी नियन्त्रण हुनु, प्रशासनिक दक्षता, जाँचपासमा सुधारलगायत कारणले चालू आर्थिक वर्षको वार्षिक लक्ष्य सजिलै पूरा हुने अपेक्षा गरिएको उनले प्रष्ट पारे।

छोटी भन्सार ब्युँत्याउन माग :
सशस्त्र द्वन्द्वका क्रममा बाँकेका विभिन्न स्थानमा रहेका आधा दर्जनको हाराहारीमा छोटी भन्सार कार्यालय बन्द गरिएका थिए। जिल्लाका स्थानीय तहले विगतका छोटी भन्सार कार्यालय पुनःस्थापना गर्न स्थानीय स्तरमा माग बढिरहेको भन्सार कार्यालयले जनाएको छ। ‘नरैनापुरमा छोटी भन्सार पुनस्र्थापना गर्न माग भएको छ। हामीले त्यस विषयमा छलफल सुरु गरेका छौं’, भन्सार प्रमुख भण्डारी भन्छन्, ‘लामो समय भएकाले सबै ठाउँमा छोटी भन्सारको पूर्वाधार जीर्ण अवस्थामा छन्। तिनलाई तत्काल सञ्चालन गर्नका लागि पर्याप्त जनशक्ति पनि छैनन्।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]