१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – अमेरिकाले कोरोना भाइरसविरुद्धको थप २० करोड डोज खोप खरिद गर्ने भएको छ । आउँदो गर्मीयामसम्म अमेरिकामा ६० करोड डोज अर्थात् ३० करोड मानिसहरुलाई कोरोना खोप दिने लक्ष्यलाई पूर्णता दिन उक्त परिमाणमा खोप खरिद गर्न लागिएको हो ।

२० करोड खोपमध्ये १० करोड डोज खोप फाइजर र बायोएनटेक तथा बाँकी १० करोड मोडेर्ना कम्पनीबाट खरिद गर्ने जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले गर्मीयामसम्म अधिकांश अमेरिकी नागरिकलाई खोप लगाउन पर्याप्त हुने गरी खोप खरिद गर्न लागिएको बताउनुभयो । बाइडनले कोरोना खोप कार्यक्रमलाई पनि तीव्रताका साथ अघि बढाउन निर्देशन दिँदै स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गर्नुभएको छ ।

यसैबीच, राष्टपति बाइडेनले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । आतंकवादी संगठनहरु सक्रिय रहेको भन्दै अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]