१८ फाल्गुण २०७७, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २०४ रनको लक्ष्य दिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको हो ।एपीएफका लागि शंकर रानाले ९६ बल खेल्दै ४ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै, सन्दीप जोराले ३४ रन बनाउँदा भुवन कार्कीले ४२ रनको योगदान गरे । कप्तान शरद भेषवाकरले १८ रन बनाए । १०औं नम्बरमा ब्याटिङ गर्न आएका उनले अन्तिम दुई बलमा एक छक्का र एक चौका प्रहार गरे ।

बलिङतर्फ पुलिसका लागि आरिफ शेखले सार्वधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभरसहित ३१ रन खर्चिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलले २/२ विकेट लिए । रासिद खान र सागर ढककालले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]