सप्तरी – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाउन पाउँदा भाग्यमानी महसुस गरेको बताएका छन् ।
खोप लगाउन थालेपछि नेपालमा कोभिडसँग लड्न नयाँ रणनीति तयार भएको उनले बताए ।उनले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । नेपालमा आजदेखि कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु भएको हो ।अग्रपंतिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई पहिलो चरणमा खोप लगाइँदै छ ।