१० आषाढ २०८१, आइतबार
wait Please...

एस एन यादव

शुक्रबार, आश्विन २३, २०७७

सप्तरी-कोरोना संक्रमितबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ। सप्तरीको राजगढ गाउँपालिका वडा न.–४ छातापुर पुर्ख्यौली घर भई तीन दशकदेखि राजविराज नगरपालिका वडा न.६ सिरहा रोडमा किराना व्यापार गरी बसेका ६७ वर्षीय पुरुषको मृत्यु भएको हाे ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार पछि डिस्चार्ज भई घर गएका उनको परीक्षणमा उनकाे कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले अस्पतालको प्रिआइसोलेशन वार्डबाट परिवारका सदस्यहरुले घरमै आइसोलेसन गरी राख्ने भनी लगेकोमा अचानक मृत्यु भएको खबर आएको जानकारि दिनुभयो ।

स्वास्थ्य अवस्थामा समस्या देखिए पछि उनलाई पुनः अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको परिवारजनले बताएका छन ।राजगढ गाउँपालिकास्थित मुतनी नदीको किनारमा नेपाली सेना, प्रहरीको उपस्थितीमा मृतकका छोराले शवमा दागबत्ती दिएको राजगढ गाउँपालिका वडा न.–४ का वडाअध्यक्ष हेमनारायण साहले जानकारी दिनुभयाे ।

यो समेत सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। सप्तरीमा संक्रमितको सङ्ख्या १ हजार ३५७ पुगेको छ। जसमा १ हजार ९५ जना निको भएको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]