
सप्तरी – राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले भेटवार्ता गरेका छन् ।
जो बाइडनले अमेरिकाको सत्ता सम्हालेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त भएका बेरीले पछिल्लो पटक राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।राष्ट्रपति भण्डारीसँगको भेटमा राजदूत बेरीले अमेरिकी राष्ट्रपति बाइडनले लोकतन्त्रलाई मजबुत बनाउन र महिला तथा किशोरीहरुको उत्थानमा केन्दि्रत भएर कसरी काम गर्दैछन् भन्नेबारे जानकारी गराएको जानकारी दिएका छन् ।त्यसअघि राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका थिए ।
पछिल्ला भेटहरु नयाँ राष्ट्रपति बाइडनको नेपाल र विश्वव्यापी प्राथमिकताबारे जानकारी गराउने उद्देश्यले भएको राजदूत बेरीले बताउने गरेका छन् ।