३१ बैशाख २०७८, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले फिल्म ‘वुमेन्स स्टोरीज’ बाट हलिउडमा डेब्यू गर्दैछिन् । ६ हिस्सामा बाँडिएको फिल्मको निर्देशन विश्वभरका अलग अलग निर्देशकले निर्देशन गर्नेछन् । फिल्ममा महिला कलाकारको मात्र अभिनय रहनेछ । ज्याकलिनको हिस्सा बलिउड निर्देशक लीना यादवले निर्देशन गर्दैछिन् । उनले ‘पार्च्ड, शब्द र तीन पत्ती’ फिल्मको निर्देशन गरिसकेकी छन् ।

लर्वोलिनो इन्टरटेन्मेन्टको को(प्रोडक्शन र नन प्रफिट प्रोडक्शन कम्पनी ‘वि डू इज टुगेदर’ ले बनाउने फिल्ममा मरिया सोल टोन्गान्जी, लुसिया पुएन्जो र क्याथरीन हार्डविकले एकसाथ काम गर्दैछन् । फिल्ममा महिलाको जिन्दगीका अनेक पक्ष देखाइनेछ । फिल्ममा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ ।

डेडलाइनलाई दिएको एक बयानमा ‘वि डू इज टुगेदर’ का प्रेसिडेन्टले भनेका छन्, ‘हामी महिलाको कहानी सुनाउने काम गरिरहेका छौं, क्यामेरा अगाडि पनि र क्यामेरा पछाडि पनि । यसकारण महिलाहरुको कहानी हाम्रो लागि महत्त्वपूर्ण छ । हामीले विश्वभरका कयौं महिला निर्देशकलाई एकसाथ जोड्दै छौं, जसले नीजि कहानीलाई आफ्नो दृष्टिकोणबाट दुनियाँलाई सुनाउनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]