१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १३, २०७७

सप्तरी – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागि निःशुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निशुल्क बन्ध्याकरण कार्यक्रम संचालन गरिएको हो ।

कर्णालीमा पहिलो पटक प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरहरुलाई पहिलो पटक बन्ध्याकरण शिविर संचालन गरिएको हो । सामुदायिक कुकुहरुका कारण राजमार्ग तथा अन्य सडकहरुमा दुर्घटना बढ्ने तथा रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरणसहित रेविज रोगको खोप समेत लगाइने भएको छ ।सामुदायिक कुकुरका कारण विभिन्न समस्या हुने भएकोले सामुदायिक कुकुरको संख्या घटाउन शिविर संचालन गरिएको हो,’ पशुपंक्षी रोग अन्वेषन प्रयोगशाला सुर्खेतका प्रमुख डा. कृष्णराज पाण्डेले बताए । कुकुरको जनसंख्या वढ्न नदिन तथा उचित ब्यवस्थापनका लागी बन्ध्याकरण गर्न लागिएको उनले बताए । प्रदेशमै पहिलो पटक विशेषज्ञ सेवा सहित शिविर संचालन गरिएको उनले जानकारी दिए । पहिलो चरणमो वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक कुकुरहरु लाई खोप संचालन गरिएको छ । शिविरका लागी ८ जना पशुचिकित्सक प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएका पशुपंन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक मोहन गिरीले बताए । यो अवधीमा ३ सय बढी कुकुरहरुलाई सेवा प्रवाह गरिने निर्देशक गिरीको भनाइ छ । सोमबार तथा मंगलार बिहानसम्म करिब १ सय ५० वटा कुकरको बन्ध्याकरण गरिएको छ,’ उनले भने । बजारमा रहेका सामुदायिक कुकुरहरुलाई भेटनरी एम्बुलेन्स मार्फत पशुपंक्षी विकास निर्देशनालयमा ल्याएर निःशुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको उनले बताए । घरपालुका कुकुर सम्बन्धित घरधनी आफैले लिएर शिविर स्थलमा आए पनि निःशुल्क बन्ध्याकरण गरिने छ,’उनले रातोपाटीलाई बताए ।

भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, केन्द्रिय रिफरल पशु चिकित्सालय काठमाडौं, पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको संयुक्त आयोजनामा शिविर संचालन गरिएको हो। निःशुल्क बन्ध्याकरण शिविर सोमवारदेखि बुधबारसम्म सञ्चाालन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]