१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १३, २०७७

सप्तरी – गत असोज १५ गते एक महिलालाई जर्बजस्ती करणी गरी भागेको आरोप लागेका अर्का एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जुगल गाँउपालिका वडा नं. ४ काल २४ वर्षीय कैलाश नेपाली समातिएका हुन्‌।

४ जना व्यक्तिले जुगल गाँउपालिकाकै एक ३२ वर्षीय महिलामाथि सामुहिक बलात्कार र लुटपाट गरी भागेका थिए। उनीहरूमध्ये जुगल गाँउपालिका-५, बराम्चीका सुन्दर भन्ने वर्ष २३ को रञ्जित श्रेष्ठ र जुगल-४, पाङताङका वर्ष २८ का विकास सिलवाल सोही समयमा पक्राउ परिसकेका छन्।

नेपालीलाई प्रहरीले आइतबार महानगरीय अपराध महाशाखाको समन्वयमा काठमाण्डौको कलंकीमा पक्राउ गरेको हो।

उनीहरू सबैलाई अदालतमा दाखिला गरी आवश्यक कारबाहीको लागि प्रकृया अगाडी बढाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। अर्का एक आरोपीको खोजी कार्य भइरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]