०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरीको लापरबाहीका कारण एक जना थुनुवा भागेका छन्।महानगरीय प्रहरी प्रभाग, नागढुङ्गाबाट खटिएको टोलीले शनिबार बिहान साढे ४ बजे एक जनालाई लागुऔषध सहित पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा सर्लाही धनकौल नगरपालीका-२का २१ वर्षीय मोहम्मद ईल्ताज थिए। उनलाई नागढुङ्गाको चेकपोइन्टमा महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६० को यात्रुबाहक बसबाट पक्राउ गरिएको थियो।सोही दिन प्रहरी निरीक्षक(इन्स्पेक्टर) रामप्रसाद सापकोटाको कमान्डमा फलोअपका लागि उनलाई ललितपुरको इमाडोल लगिएको थियो।’यो मुद्दामा फलोअपबाट अर्को मान्छे देखाउन लग्दा उनी भागेका हुन्,’महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले भने।

उनका अनुसार ईल्ताज सोही दिन ११ बजे फरार भएका थिए।प्रहरी निरीक्षक सापकोटाकै लापरबाहीका कारण भागेको हुँदा उनीसहित चार जनामाथि विभागीय कारबाही गर्ने तयरी गरेको उनले बताए।’शनिबार ११ बजे लापरबाही गरेका कारण भागे हामीले इन्स्पेक्टरसहित ४ जनालाई कारबाही गर्दैछौं,’उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]